चितवन । रत्ननगरनगरपालिका वडा नम्बर ५ अन्तर्गत सामुदायिक वनमा न्यूरो टिप्न गएकी एक महिलामाथि बाघले आक्रमण गरेको छ । आक्रमणमा पर्ने रत्ननगरनगरपालिका वडा नम्बर ५ मगरटोलकी गीता श्रेष्ठ अधिकारी रहेकी छिन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले महिलालाई बाघले आक्रमण गरेको प्रमाण फेला परेको तर हालसम्म मारेको पुष्टि गर्न नसकिएको बताए ।
‘हाल निकुञ्जको टोली हात्ती सहित बाघलाई नियन्त्रण गर्न डार्ट गर्न लागिएको छ तर सबै जना वनभित्र जान सकिएको छैन । उनले भने आक्रमण र महिलाको रगत, कपडा भेटिए अनुसार आक्रमण गरी घाईते भएको मात्र भन्न सकिन्छ ।’
इलाका प्रहरी कार्यालय, टांँडीका अनुसार स्थानीय जनकौली सामुदायिक वनमा न्यूरो टिप्न गएकी उनलाई मध्यान्ह सांँढे बाह्रबजेतिर बाघले आक्रमण गरेको थियो । ‘३,४ जनाको स्थानीय टोली न्यूरो टिप्न गएका रहेछन कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले भने, उनी आक्रमणमा परेको संँगै गएका टोलीबाट दुईबजे मात्र थाहा पायौं । ’ हाल वनमा महिलाको कपडा , रगत देखिएकाले उनलाई आक्रमण गरी मारेको आशंका प्रवल रहने रानाले बताए । वनमा बाक्लो झाडी भएका कारण बाघलाई नियन्त्रणमा लिन सकिएको छैन भने महिलाको एकिन अबस्था पत्ता लागेको छैन ।
स्थानीयले प्रहरीलाई खबर गरेपनि सेनाको टोली धेरै समयपछि मात्र घटनास्थल आइपुगेको छ । निकुञ्जले उद्धारमा ढिलाई गरेको भन्दै स्थानीय आक्रोशित भएका छन । सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महत्तोले महिलाको टाउको, कपडा रगतको फोटो खिचेर ल्याएकोले हालसम्म महिला जीवित नभएको बताए । ‘साथीहरुले मलाई महिलाको खप्पर कपडा, रगतकै फोटो देखाउनु भयो ।’ उनले भने । बाघले महिलालाई संँगै लिएर गएको स्थानीयले देखेको , स्थानीयलाई उद्ध्रृत गर्दै महत्तोले भने । अहिले घटनास्थल वरपर ठूलो संख्यामा स्थानीयहरुको ठूलो भीड लागेको छ ।