काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको अभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो । रुपाकीअनुसार प्रधानलाई प्रहरीले आइतबार (आज) पक्राउ गरेको हो । ‘मैले आफू अपमानित भएपछि निवेदन दिएकी थिएँ । त्यसपछि प्रहरीले उहाँलाई पक्राउ गरेको हो,’ रुपाले मकालु खबरसँग भनिन् ।
दलित भएकै कारण कोठा नदिएको भनी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।
कोठा खोज्ने क्रममा जातीय विभेद गरी कोठा नदिएको भन्दै रुपाले घरबेटीविरुद्ध केही दिनअगाडि महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।