चितवन।कोरोना भाइरसका कारण जिल्लामा श्रीमान श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ३ निवासी ७१ वर्षिय श्रीमान र ४७ वर्षिया श्रीमती रहेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डीतका अनुसार श्रीमतीको आज बिहान र श्रीमानको शनिवार विहान मृत्यु भएको हो । कोरोना सङ्क्रमण पुष्टि भए पछि होम आइसोलेसनमा रहेका दुबै जनालाई स्वास्थ्यमा समस्या देखिए पछि चितवन मेडीकल कलेजमा भर्ना गरिएको थियो । श्रीमनलाई सामान्य एलर्जी रहेको थियो भने श्रीमतीले मधुमेह, थाइराइड र उच्च रक्तचापको समस्या रहेको थियो ।
चितवन मेडीकल कलेजमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको पण्डीतले जानकारी दिनुभयो । श्रीमती नेपाल तरुणदल चितवनको जिल्ला सदस्य समेत रहेको काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमणका कारण जिल्लामा एकै परिवारका दुई जनाको मृत्यु भएको यो दोस्रो घटना हो । श्रीमान श्रीमतीको मृत्यु भएको भने पहिलो घटना हो ।