चितवन । भरतपुर महानगरपालिका न्यायिक समितिका प्रमुख तथा उपमेयर पार्वती शाह ठकुरीले यो पाँच वर्षको अवधिमा कसैको पक्ष विपक्षमा नलागी निष्पक्ष न्याय दिन सकेको बताएकी छन् ।
आज भरतपुरमा भएको मेलमिलापकर्ता पुनर्ताजकीकरण तालिमको उद्घाटन सत्रमा उपमेयर पार्वती शाहले भरतपुर महानगरको न्यायिक समितिले यो पाँच वर्षको अवधिमा धेरै मुद्दाहरु छिनोफानो गर्न सकेको बताइन् । कार्यक्रमको अध्यक्षतासमेत निभाएकी उपमेयर शाहले भनिन्, ‘वडावडामा थन्केर बसेका झैझगडादेखि अंशमुद्दाका विषयहरु धेरै भरतपुर महानगरको न्यायिक समितिले हल गरेको छ ।’
उनले न्यायिक समितिले धेरै मुद्दाहरु मेलमिलाप गर्न सकेकोमा खुसी प्रकट गर्दै भनिन्, ‘न्यायिक समितिले कहिल्यै पक्षपात नगरी निष्पक्ष न्याय दिन सकेकोमा मलाई गौरव महसुस पनि भएको छ ।’

