चितवन। चितवनकाे रत्ननगरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे मृत्यु भएको छ।
रत्ननगरकाे भानुचाेकमा पुर्वतर्फबाट नारायणगढतर्फ अाउदै गरेको ना ५ ख १९० नम्बरको बसले पुर्वतर्फ जादै गरेकाे वा ००२ प १८९५ नम्बरको माेटरसाईकललाइ ठक्कर दिदा माेटरसाईकलमा सवार रत्ननगर घर भएका श्रीमान श्रीमतीको मृत्यु भएको हाे।
मृत्यु हुनेमा रत्ननगर २ का ४५ बर्षका निरन्जन श्रेष्ठ र उनकी श्रीमती निनतारा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। उनीहरुकाे पुरानाे मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएको हाे। ठक्कर दिने बस र चालक प्रहरीकाे नियन्त्रणमा छन्।

