चितवन । आज (बुधबार) चितवनमा सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । चितवनको आकाश बुधबार बिहानदेखि तुवाँलोले ढाकिएको छ । बिहान ६ बजेर १ मिनेट जाँदा सूर्योदय हुनुपर्नेमा चितवनको आकाशमा घाम देखिएको छैन ।
चितवनमा हल्का वर्षाको सम्भावना रहेको छ । मैसम पूर्वानुमान महाशाखाका अनुसार नेपाल भारत सिमाको आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ।
खराब मौसमको कारण नियमित हुने भरतपुर–काठमाडौँ हवाई उडान पनि प्रभावित भएको छ ।

