चितवन । चितवनबाट अब यातायातका सम्पूर्ण काम हुने भएको छ । चितवन जिल्लाबाटै सवारीसाधनहरुको बिलबुक नवीकरणदेखि सवारीसाधन चालक अनुमतिपत्रसम्मका सम्पूर्ण काम चितवनबाट हुने भएका छन् ।
चितवन जिल्लाबाटै सेवा प्राप्त गर्न सकिने गरी यातायात कार्यालय सञ्चालन गर्न जिल्ला समन्वय समिति र यातायात कार्यालय बागमती प्रदेशबीच सम्झौता भएको छ । श्रम तथा यातायात मन्त्री माननीय घनश्याम दाहालको रोहबर सम्झौता पत्र हस्तान्तरण भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जानकारी दिए ।

