भरतपुर। चितवन प्रहरीले चितवन भरतपुर म.न.पा. वडा न. १६ भँगेरीथान बस्ने बर्ष ३९ को दुर्गा कुमाललाई चक्कुले टाउकोमा प्रहार गरि फरार प्रतिवादीलाई हिजो बेलुका पक्राउ गरेको छ।
चितवन भरतपुर म.न.पा. वडा न.१६ लालचोक बस्ने बर्ष ३५ को सन्तोष भन्ने सन्तलाल तामाङलाई पक्राउ गरी सम्मानित जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ। सन्तलालले दुर्गा कुमाललाई भँगेरीथान स्थित बाटोमा हिडिरहेको अबस्थामा चक्कुले टाउकोमा प्रहार गरी घाईते बनाई फरार रहेका थिए।