चितवन । हेफर इन्टरनेशनल नेपाल नामक संस्थाले माडी नगरपालिकालाई कोरोना नियन्त्रण र व्यवस्थापनका लागि ४ लाख रुपैयाँ सहयोग गरेको छ ।
कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापन र उपचारका लागि स्थानीय तहले खर्च गर्न सक्ने गरी आज (बिहीबार) उक्त रकम माडी नगरका प्रमुख ठाकुर प्रसाद ढकाललाई हस्तान्तरण गरेको हो ।
हाल माडी क्षेत्रमा सक्रिय संक्रमितकाे संख्या ४४ जना रहेकाे छ । भने संक्रमण मुक्त हुनेकाे संख्या १७० जना रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १० जनाको परीक्षण गरिएकोमा ४ जनामा संक्रमण पुष्टि भएको माडी नगरपालिकाका स्वस्थ्य संयोजक शिव सुवेदीले जानकारी दिनुभयो ।