काठमाडौं । काठमाडौं उपत्यकामा ठगी, लुटपाट तथा पकेटमारीमा संलग्न महिलोको गिरोह पक्राउ परेको छ ।काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई जना महिला पाकेटमार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन् ।महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काले उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत बरामद गरिएको जानकारी दिइन् ।
प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काका अनुसार उनीहरुलाई पकेट मार्दै गर्दा नियन्त्रणमा लिइएको हो ।“यो उनीहरू त्यस दिनको मात्र पकेटमारको पैसा रहेछ। त्यस दिन दुई वटामात्र पकेट मारेका रहेछन्। हुलियाको आधारमा समातेका हौँ” प्रहरी प्रभाव कलङ्कीका प्रहरी निरीक्षक मिठु खड्काले भनिन् । प्रहरीले नियन्त्रणमा लिएका युवतीले करिब ३ वर्ष देखि पकेटमार गर्दै आएको बयान दिएका छन्।