चितवन । नेपाली कांग्रेस चितवनले पनि भरतपुर २९ बाट उम्मेदवारको खाता खोलेको छ । भरतपुर–२९ को वडा अध्यक्षमा क्याप्टेन सूर्यबहादुर गुरुङलाई सर्वसम्मत उम्मेद्वारको घोषणा गर्दै कांग्रेसले खाता खोलेको हो ।
आज भएको कांग्रेसको घर दैलो कार्यक्रममा गुरुङलाई वडा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको जिल्ला सदस्य अनमोल अधिकारीले जानकारी दिए । गुरुङ २०७४ सालको स्थानीय तहको चुनावमा पनि कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए । उनी त्यतिबेला ४२ मतले पराजित भएका थिए ।

