चितवन । पछिल्लो तीन दिनदेखिको अविरल बर्षाका कारण आएको बाढीले पोल ढलाउँदा माडीका केहि स्थानहरुमा बिजुली अवरुद्ध रहेको छ ।
माडी-१, द्रौपतिनगरमा मरोट खोलामा आएको बाढीले बिजुलीको पोल ढलाउँदा पाण्डवनगर र द्रौपतिनगर क्षेत्रमा बिजुली अवरुद्ध रहेको हो । सो स्थानमा बाढीले झोलुंगे पुलको निर्माण सामग्री र गिट्टी, ढुंगा, बालुवाहरु समेत बगाएको छ ।
त्यस्तै, माडी-४, बिरञ्ची क्षेत्रमा तीनवटा पोल ढलेर बिजुली अवरुद्ध रहेको छ । माडी-१, चैनपुरमा सालको रुख ढलेर पोलमा क्षती पुग्नाले बिजुली अवरुद्ध भएको छ । माडी-८, जीवनपुरमा ११ के.भी.को पोल भाँचिँदा त्यसभन्दा पूर्वतर्फ बिजुली अवरुद्ध हुनपुगेको छ ।
बरुवा चौरमा समेत एकवटा पोल ढलेको छ तर सो क्षेत्रमा बिजुली अवरुद्ध भने भएको छैन । पोल ढलेका र क्षती पुग्ने सम्भावना रहेका स्थानहरुमा मर्मत सम्भारको काम जारी रहेको नेपाल विद्युत प्राधिकरणको माडी सेवा केन्द्रले जनाएको छ ।स्वदेश एफ एमबाट