चितवन। भरतपुर महानगरपालिकाको वडा नम्बर २६ स्थित भगडी क्षेत्रका जनता घर छाडेर हिँडेका छन् । नारायणी नदी उर्लेर वस्तीमै पस्ने डर भएपछि मानिसहरु घर छाडेर हिँडेका हुन् । भने उनीहरुले पालेको वस्तुभाउ भने फुकाएर छाडिदिएका छन् ।
जिल्ला समन्वय समिति भरतपुर चितवनले नारायणी नदी प्रभावित क्षेत्रको वुधबार निरीक्षण गर्ने क्रममा नदी आसपासका क्षेत्रहरु निकै जोखिममा रहेकाले मानिसहरु घर छाडेर हिँडेको भनी जानकारी गराएको छ । भने जिल्ला समन्वय समिति भरतपुरले जनतालाई सुरक्षा अनुभुति हुने गरी काम गर्ने पनि जानकारी गरेको छ।