चितवन । चितवनमा जारी निषेधाज्ञा फेरी थपिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा फेरी थप्ने भएको जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी खेमराज पौडेलले जानकारी दिए ।
जिल्लामा कोरोनाको जोखिम कायम्नै रहेकाले केही खुकुलो गर्दै निषेधाज्ञा थप्ने तयारी रहेको सुचना अधिकारी पौडेलले बताए ।