सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परि दर्जनौ बेपत्ता भएका छन् ।पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा समेत व्यापक जनधनको क्षति पुर्याएको छ ।
हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर बगाउँदा ठूलो मानविय क्षति पुगेको छ । तर, कतिजना हताहति भए भन्ने एकिन हुन सकेको छैन् ।
मंगलबार बेलुका गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा कार्यरत ४० जना तथा माछा फर्ममा कार्यरत ११ जना बेपत्ता भएको प्रारम्भिक खवरहरु आईरहेका छन् । तर, यकिन तथ्याङक कतैबाट पुष्टि हुन सकेको छैन् ।मेलम्ची खाने पानी आयोजनाको मुहान रहेको हेलम्बुमाथिबाट पहिरो आउँदा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ६, ७ मा प्रभाव परेको छ ।
मंगलबार साँझदेखि मेलम्चीमा आएको बाढी पहिरोले हेलम्बु गाउँपालिकाको अम्बाथान हुँदै मेलम्चीबजारदेखि तल्लो तटीय क्षेत्रसम्म व्यापक क्षति पुर्याएको प्रहरीले अनुमान गरेको छ । अझैअवरिल वर्ष भइरहेको र नदी सतह अझै बढीरहेकाले थप क्षति हुन सक्नेसमेत अनुमान लगाईएको छ ।
बाढीले हेलम्बूको तल्लो तीम्बु बजार बगाएको छ । त्यस भन्दा तलतिरका केही घरहरुसमेत बगाएको छ । त्यस्तै मेलम्चीघ्याङका पुलहरुसमेत बाढीले बगाएको छ । खोला आसपासमा रहेका माछा लगायत केही कृषि फार्म पनि बगेका छन् ।
मंगलाबार राती बाढी बस्तीमै छिरेपछि त्यस क्षेत्रमा ज्यान जोगाउन स्थानीय भाग–दौड मच्चिरहेको थियो । बाढीले हेलम्बू कै चनौटे बजार डुबानमा छ । पश्चिमी केन्द्र मेलम्ची बजारमा बाढी पहिरोले सबै आतंक निम्त्याएको छ । नदी सतह बढेर बजार छिरेको छ । स्थानीय आमएग्री बसपार्कमा क्षति पुर्याएको छ ।