चितवन । जिल्ला चितवन माडी १ बरुवास्थित सोमेश्वर उच्च माविका एक शिक्षकलाई बाल यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ । कक्षा ९ अध्यनरत वर्ष १५ की नाबालिकालाई बाल यौन दुव्र्यवहार गरेको आरोपमा सोही स्कुलमा कार्यरत शिक्षक माडी ५ बस्ने वर्ष ३७ का सुरज लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।
शिक्षकमाथि बाल यौन दुर्व्यबहार गरेको आरोप लगाउँदै नाबालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालय चितवनमा चैत ६ गते लिखित जाहेरी दिएका थिए । सोही उजुरीको आधारमा शिक्षकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

