भरतपु्र । राष्ट्रिय भूमि आयोग चितवनले पूर्णता पाएको छ । आयोगका तीन जना सदस्यले सपथ ग्रण गरेसँगै पूर्णता पाएको हो । आयोगको सदस्यहरु निरप्रसाद लामिछाने, लक्ष्मीकान्त दवाडी र महिला सदस्य बिमला मगर नियुक्त भएका छन्। उनीहरुले पद तथा गोपनियता सपथ लिएका छन् ।
उनीहरुलाई आयोगका अध्यक्ष बद्रि तिमिल्सीनाले सपथ ग्रहण गराएका थिए । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले अव्यवस्थित सुकुम्बासीको समस्या समाधान जटिल रहेको बताएका थिए ।
राजनैतिक आग्रह र पूर्बाग्रह नराखी सबै सुकुम्बासीहरुलाई जग्गा उपलव्ध गराउनु पर्ने उनीहरुको भनाई थियो । जिल्ला समन्वय समिति प्रमुख डल्लाकोटीले कानुन अनुसार जग्गा प्राप्त गर्नलाई सहज रुपमा जग्गा उपलव्ध गराउन आग्रह गरेका थिए ।
नेपाली काँग्रेसका सचिब ध्रुबराज पोख्रेल, जसपाका जिल्ला अध्यक्ष प्रेम घर्तीले राजनैतिक गन्ध नआउने गरी काम गर्नु पर्ने बताए। अहिलेको समस्या सुकुम्बासी समस्या जटिल रहेको भन्दै उनीहरुले समाजमा भएका हरेक कुरालाई मध्यनजर गर्दै काम गर्नु पर्ने बताए ।

