चितवन । चितवन उद्योग संघ रत्ननगर इकाई समितिले रत्ननगरनगरपालिकाको आव २०७८÷०७९ कोे बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव पेश गरेको छ ।
नगरपालिकाको सभाहलमा आज आयोजित सुझावपत्रलाई चितवन उद्योग संघ रत्ननगर इकाई समितिका अध्यक्षगजेन्द्र अधिकारी र चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले संयुक्त रुपमा रत्ननगर नगरपालिकाकाप्रमुखनारायण वनलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले संघले अघि सारेका महत्वपूर्ण परियोजनाहरु र रत्ननगर नगरपालिकाको बजेट, नीति तथा कार्यक्रमकालागि पेश गरिएको सुझावको बारेमा जानकारी गराएका थिए । सो क्रममा औद्योगिक नीति निर्माण तथा चितवन प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजकएवं चितवनउद्योग संघका उपाध्यक्ष युग राज वस्तीले उद्योग तथा रोजगारी र सीपविकास, राजश्व परामर्श, कृषि तथा पशुपंक्षी सम्बन्धि सुझावलाई प्रस्तुतिकरण गरेका थिए ।
सुझाव पेश कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले संघले ल्याएको सुझावलाई रत्ननगरको बजेट, नीति तथा कार्यक्रममा सम्बोधन गरिने बताए ।
सुझाव पेश कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल लगायतको सहभागिता रहेको थियो ।