काठमाडौं । महानगरीय अपराध महाशाखाले नक्कली प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आफूलाई नेपाल प्रहरीको डाक्टर / मेडिकल प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्ने काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने ४४ वर्षीय कृष्ण प्रसाद ढुङ्गाना रहेका छन् ।
ढुङ्गानाले प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा राखि नपाएको ओहोदा/ पदवी पाएको भनि भ्रम सिर्जना गरेको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलिले तारकेश्वर नगरपालीकामा निजले संचालन गरेको भिक्टोरिया फार्मेसीबाट पक्राउ गरेको हो ।
ढुङ्गानाको बारेमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।