भरतपुर। चितवनमा पछिल्लो २४ घण्टामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ६९ जना, खैरहनीमा ६ जना, माडीमा ४ जना, रत्ननगरमा ३ जना, राप्तीमा ८ जना र कालिकामा २ जना रहेका छन् ।
यस्तै स्वास्थ्य कार्यालयले आज उपलब्ध गराएको तथ्यांक अनुसार चितवनमा आज दुई जना कोरोना संक्रमितको निधन भएको छ । मृतक मध्ये दुई जना नै बाहिर जिल्लाका हुन् ।
उनीहरु एक जनाको भरतपुर अस्पताल र अर्काे एक जनाको चितवन मेडिकल कलेजमा निधन भएको हो । कार्यालयको तथ्यांक अनुसार आजसम्म चितवनमा २४४ जना संक्रमितको निधन भइसकेको छ । अहिले चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ५४२ जना रहेको छ ।