संखुवासभा । मकालु गाउँपालिका-५ नुमकलास्थित जंगलबाट बेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक र एक बोतल बारुद शनिबार राति प्रहरीले बरामद गरेको हो ।
सोही ठाउँ बस्ने एक जना महिला हराएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुममाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त बन्दुक र बारुद फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।