चितवन । नयाँ कार्यसमितिको लागि उद्योग वाणिज्य संघ चितवनको निर्वाचन आज बिहान ८ बजेदेखि हुने भनिए पनि ढिलाइ भइरहेको छ । मतदाता जम्मा हुनेक्रम चलिरहेका कारण निर्वाचनमा केही ढिलाइ भएको संघको भनाइ छ ।
उद्योग वाणिज्य संघ चितवनको परिसरमा चुनाव भइरहेको छ । केही पदमा निर्विरोध भइसकेको छ भने केही पदमा कडा प्रतिस्पर्धा चल्ने देखिएको छ ।
पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उद्योगतर्फको उपाध्यक्ष सर्वसम्मत भइसकेका छन् भने केही पदाधिकारीको पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
वाणिज्यतर्फको उपाध्यक्ष र वस्तुगततर्फको उपाध्यक्षमा मतदान कडा प्रतिस्पर्धा हुने देखिएको छ । वाणिज्यतर्फको उपाध्यक्षमा युवा व्यवसायी शिरिष पन्त र शंकर नेपालको उम्मेदवारी परेको छ । दुबै मतदातामा भिजेका प्रतिनिधि भएका कारण यी दुईबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । वस्तुगततर्फको उपाध्यक्षमा युवा व्यवसायी राजेन्द्र ओली र इ भोजराज कौडालबीच प्रतिस्पर्धा पनि कडा नै हुने देखिएको छ । दुबै प्रतिनिधि सफल व्यवसायी र व्यवसायीको हकहितमा निरन्तर लागेका प्रतिनिधि हुन् । दुबै व्यवसायीहरुमाझ भिजेका प्रतिनिधि हुन् । यी दुईबीच पनि कडा प्रतिस्पर्धा हुने व्यवसायीहरुको भनाइ छ ।
वाणिज्यतर्फको उपाध्यक्ष र वस्तुगततर्फको उपाध्यक्षमा मतदान कडा प्रतिस्पर्धा हुने देखिएको छ । वाणिज्यतर्फको उपाध्यक्षमा युवा व्यवसायी शिरिष पन्त र शंकर नेपालको उम्मेदवारी परेको छ । दुबै मतदातामा भिजेका प्रतिनिधि भएका कारण यी दुईबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
कार्यसमिति सदस्यमा वस्तुगत र वाणिज्यमा पनि कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। वस्तुगततर्फ ४ जनाका लागि सात जनाको उम्मेदवारी परेको छ । गुणराज पौडेल, जनक पौडेल, डोलक प्रसाद पुडासैनी, प्रेमप्रसाद पाण्डे, रविन्द्रकुमार श्रेष्ठ, राजेन्द्र तिवारी र सन्तोष जनक भुषाल चुनावी प्रतिस्पर्धामा छन् । यहाँबाट चार जना प्रतिनिधि छानिनेछन् ।
चार प्रतिनिधिको लागि सात जना मैदानमा छन् । उनीहरुबीच पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । वाणिज्यतर्फ ६ जना सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ । विकास श्रेष्ठ, थिरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोख्रेल, नरहरि घिमिरे, नारायण प्रधान, महादिप श्रेष्ठ, महेशराज भट्टराई, राजन पिया र ज्ञानुप्रसाद न्यौपाने चुनावी मैदानमा छन् । यहाँ पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा कुल ३४ सय ३७ मतदाता रहेका छन् । मतगणना भने चैत १ गते हुने बताइएको छ ।

