ललितपुर । २४ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा शनिबार ललितपुरबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका-१ घर भएका २३ वर्षीय अनुष माझी रहेका छन् । माझीले ती युवतीलाई शुक्रबार राति बलात्कार गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।