चितवन । उद्योग वाणिज्य संघ चितवनको ५५ औँ साधारण सभा तथा अधिवेशनको उद्घाटन भएको छ । नारायणगढको दियालो फुडल्यान्डमा भएको अधिवेशनको उद्घाटन उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए ।
उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्वअध्यक्षहरु, व्यवसायी प्रतिनिधिहरु, राजनीति पार्टीका प्रतिनिधिहरुलगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकार विप्लव काफ्लेलाई सम्मान गरिएको थियो ।
फागुन ३० गते उवासंघ चितवनको निर्वाचन हुने भएको छ । संघका अध्यक्ष चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ र उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्विरोध भएका छन् । यस्तै, सदस्यहरुमा महिला उद्यमतर्फ पूर्णिमा श्रेष्ठ, एसोसिएटतर्फ रजनी मास्के र डा जीवन श्रेष्ठ, क्षेत्रीयतर्फ माडीबाट रेशम आचार्य निर्विरोध चयन भएका छन् ।

