चितवन । नेपाली कांग्रेस चितवनको १४ औँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम आज भरतपुरको सिएमटी रिसोर्टमा सम्पन्न भएको छ ।
४८ सदस्यीय कांग्रेस चितवनको कार्यसमितिलाई महामन्त्री गगन थापाले प्रमाणपत्र वितरण गरेका छन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालको नेतृत्वको कार्यसमितिलाई महामन्त्री थापाले शुभकामनासहित प्रमाणपत्र वितरण गरेका थिए ।
निवर्तमान सभापति जितनारायण श्रेष्ठ, सचिव उत्तम जोशीलगायतले निर्वाचित कार्यसमितिलाई बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । पद हस्तान्तरण कार्यक्रममा निर्वाचित सचिव राजीव न्यौपानेले स्वागत मन्तव्य दिएका थिए ।


