चितवन । चितवनमा स्वास्थ्य बिमा गर्नेको संख्या बढिरहेको छ । बिमा कार्यक्रम लागू भएपछि अस्पतालमा उपचारका क्रममा छुट र औषधि खरिदमा छुट पाउन थालेपछि बिमा गर्नेको आकर्षण बढेको हो । जिल्लामा तीन महिनामा १५ हजारभन्दा बढी परिवारले स्वास्थ्य बिमा गराएका हुन् । स्वास्थ्य बिमा कार्यक्रमबाट यहाँका नागरिकले औषधि उपचारमा ठूलो राहत पुगेको महसुस गरेका छन् ।
स्वास्थ्य बिमा बोर्ड चितवनको तथ्यांकअनुसार गत मंसिर १ गतेदेखि पौष मसान्तसम्ममा १५ हजार ४८७ जनाले बिमा गराएका छन् । जसमध्ये शतप्रतिशत शुल्क बिमा गर्ने १२ हजार ४५० जना परिवार रहेका छन् । नेपाल सरकारले स्वास्थ्य स्वयम् सेविकाका लागि ५० प्रतिशत छुटमा स्वस्थ्य बिमा गर्ने व्यवस्था लागू गरेको छ । यस अवधिमा ७० जना स्वास्थ्य स्वयम्सेविका रहेका छन् ।
स्वास्थ्य बिमा बोर्ड चितवनका अनुसार यस अवधिमा २ हजार ६८१ जना ज्येष्ठ नागरिकले बिमा गरेका छन् । १०३ जना अति अशक्त अपाङ्ग र एचआईभी संक्रमित ४७ जना रहेका छन् । जुन निशुल्क बिमित हुन् । चितवनमा हालसम्म निःशुल्क बिमा गर्ने २५ हजार ४०८ पुगेको छ । यस अवधिमा ३ हजार ३९७ नयाँ बिमित थपिएका छन् । जसमध्ये स्वास्थ्य स्वयम्सेविका ४ जना, ज्येष्ठ नागरिक ९७० र अति अशक्त अपाङ्ग २३ जना रहेका छन् ।
स्वास्थ्य बिमा बोर्ड चितवनका संयोजक पीताम्बर पन्तका अनुसार पछिल्लो समय मानिसहरुले बिमा गरी औधषि उपचारमा हुने आर्थिक भार कम हुने भएपछि बिमा गराउने परिवार बढ्दै गएको बताए । त्यसैगरी सोही अवधिमा ९ हजार ५३ जनाले बिमा शत प्रतिशत शुल्क नवीकरण गरेका छन् । ५० प्रतिशत शुल्क तिरेर नवीकरण गर्ने ६६ जना रहेका छन् ।
सरकारले २०७६ जेठदेखि ज्येष्ठ नागरिक, अति अशक्त एचआईभी संक्रमित र कुष्ठरोगीका लागि निःशुल्क बिमाको व्यवस्था गरेको थियो । यस प्रकारका बिमितहरुको बिमा अवधि सकिएपश्चात सरकारले आँफै नवीकरण गरिदिने व्यवस्था गरेको छ । बिमा बोर्डका अनुसार गत मंसिरदेखि माघसम्मको अवधिमा सरकारले १ हजार ९२६ जनाको अटो नवीकरण गराएको छ । जसमध्ये ज्येष्ठ नागरिक १ हजार ७११, अति अशक्त अपाङ्ग ८० र एचआईभी संक्रमित १३५ जना रहेका छन् । जसले यही फागुनबाट सेवा लिइरहेका छन् ।
यता, सरकारले २०७६ जेठदेखि ज्येष्ठ नागरिक, अति अशक्त एचआईभी संक्रमित र कुष्ठरोगीका लागि निःशुल्क बिमाको व्यवस्था गरेको थियो । यस प्रकारका बिमितहरुको बिमा अवधि सकिएपश्चात सरकारले आँफै नवीकरण गरिदिने व्यवस्था गरेको छ । बिमा बोर्डका अनुसार गत मंसिरदेखि माघसम्मको अवधिमा सरकारले १ हजार ९२६ जनाको अटो नवीकरण गराएको छ । जसमध्ये ज्येष्ठ नागरिक १ हजार ७११, अति अशक्त अपाङ्ग ८० र एचआईभी संक्रमित १३५ जना रहेका छन् । जसले यही फागुनबाट सेवा लिइरहेका छन् ।
अहिले अस्पतालहरुमा पनि बिमाबाट सेवा लिनेको भिड लाग्ने गरेको छ । चितवनमा २०७४ साल भदौ १ गतेबाट सुरु गरिएको थियो । हालसम्म जिल्लाभर बीमितको संख्या ३ लाख ६९ हजार ३५९ पुगेको छ । जसमध्ये शतप्रतिशत शुल्क तिर्ने ३ लाख ४१ हजार ९८५ रहेका छन् ।
चितवनका भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल, माडीको बघौडा अस्पताल, जुटपानीको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्र, खैरहनीको प्राथमिक स्वास्थ्य केन्द्र, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रम लागू भैसकेको छ । यी बाहेक तीन ठूला निजी अस्पतालहरु चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) र मनकामना अस्पतालले बिमा मार्फत सुविधा दिँदै आएका छन् । त्यसैगरि बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि बिमाको रेफरल अस्पताल हो ।

