चितवन। नेपाली कांग्रेस चितवनको पदाधिकारीको मतगणना यतिबेला जारी रहेको छ । सभापति जितनारायण श्रेष्ठका अनुसार हालसम्म २४०० मत गणना सकिएको छ । निर्वाचन समितिका सदस्य श्रीराम सापकोटाका अनुसार पदाधिकारीको मतगणना आज रातिसम्म आइसक्नेछ ।
२ जना उपसभापतिका लागि १५ जना प्रतिस्पर्धामा छन् । २४०० मतगणना हुँदा उद्दबबहादुर लोहनीले २३५, तेजप्रकाश अधिकारीले १६७, निर्मलकुमार श्रेष्ठले १६९, निलमणि पाठकले २२०, बुद्दिबहादुर गुरुङ्गले ४८५, भुवन खनालले १७१, महेश बानियाले ३५२, मोहितजङ्ग पान्डेले १०, रघुनाथ भट्टले ३२१, राजन गौतमले ९३, राजीव न्यौपानेले ६९८, राजेन्द्र डोटेलले १२०, शालिग्राम पौडेलले ७४८, शुरवीर पोख्रेलले ४८३, हेमलाल भट्टराईले १२८ मत ल्याएका छन् ।
सचिवमा आनन्दराज राउतको ५९९, दीपक अधिकारीको ३१५, ध्रुबराज पोख्रेलको ७००, निर्मलराज पौडेलको ४८६, भरतप्रसाद दवाडीको ५८०, शिवप्रसाद शर्मा पौडेलको १९५, सुर्य अर्यालको ९९३ र सूर्य ढकालको ४२५ मत आएको छ। सहसचिवमा केदारनाथ पन्तको ३७३, केशवनारायण श्रेष्ठको ३०४, गोपाल दराइको ७८७, झलकबहादुर गुरुङको ४७३, दिनेश अधिकारीको ६१३, नवीनराज पौडेलको २३६, प्रदिपचन्द्र पन्डितको ११४, भोजराज देवकोटाको २६१, राजन कार्कीको ५०८, बिनिता चापागाईको ५७२ मत आएको छ ।

