भरतपुर। काठमाडौंमा स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा बा ३४ प १७५२ नम्बरको स्कुटर बिजुलीको पोलमा ठोकिएर शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं मनमैजु बस्ने चितवन भरतपुर महानगरपालिका(२२ घर भएका ३३ वर्षीय रोहन त्रिपाठीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो ।