चितवन । नेपाली काँग्रेस चितवनको सभापतिकालागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणको निर्वाचनमा सभापति पदका कुनैपनि उम्मेद्वारले ५१ प्रतिशत मत नपुगे पछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत ल्याउने राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठले दोस्रो चरणको निर्वाचनमा भिडन्त गर्ने छन् ।
पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरे। यस्तै मिलनबाबु श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत प्राप्त गर्दा डा.सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका छन् । कुल १०१ मत बदर भयो ।
दोस्रो चरणको मतदान आज (शनिवार) १२ः३० बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

