चितवन । वाग्मती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि जिल्ला स्तरीय खेलाडी छनौट अन्तर्गत आज (शुक्रबार) निमार्णधिन गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रंगशालामा भएको पहलो खेलमा भरतपुर महानगर विजयी भएको छ । भरतपुरले रत्ननगर नगरपालिकालाई ६ विकेटले पराजित गर्दै नतिजा आफनो पक्षमा पारेको हो ।
रत्ननगर नगरपालिकाले टस जितेर ब्याटिङ गर्ने क्रममा ७ विकेटको क्षेतिमा १०१ रन बनाउँदै १०२ रनको मध्यम लक्ष्य भरतपुर सामु राखेको थियो । १०२ रनको विजय लक्ष पाएको भरतपुरले लक्ष्य पछयाउने क्रममा १३.४ ओभरमा मात्र ४ विकेट गुमायो ।
भरतपुरलाई विजयी बनाउन साकार ढकाललेले ५६ रनको योगदान दिए । त्यस्तै भरतपुरकालागि सोपनिल अधिकारीले १८ जोड्दा सनम बुढाथोकीले २१ रन जोडे । भरतपुरकालागि बलिङ गर्दै डानिस इकबाल र हेमराज पौडेलले सम्मान २-२ विकेट हात पारे ।
रत्ननगरलाई सम्मानजनक योगफल तयार गर्न कप्तान दिवश आर्चायले २६ रनको र रत्ननगरका अर्का ब्याट्सम्यान सुवास दवादीले २० रनको योगदान दिए । बलिङतर्फ रत्ननगरका आयुस अधिकारीले २ विकेट लिए । त्यस्तै कप्तान आर्चायले ३ ओभर बलिङ गर्दै १ मेडन सहित १ विकेट हात पारे ।
खेलका म्यान अफ दि म्याच भरतपुरका साकार ढकाल घोषित भए ।

