मोरङ । महिला क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचान गर्न ‘इक्युवालिटी कप क्रिकेट–२०७८ प्रतियोगिता यहाँ हुने भएको छ ।
नेपाल क्रिकट फाउण्डेशनले आज पत्रकार सम्मेलनको आयोजना गरी नारी दिवसका उपलक्ष्यमा यही फागुन २१ देखि २४ गतेसम्म विराटनगरको वैजनाथपुर क्रिकट खेल मैदान टि–२० का आधारमा खेल हुने जानकारी दिइयो ।
फाउण्डेशनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले प्रतियोगितामा प्रदेश नं १ को मोरङ, झापा, सुनसरी र मधेस प्रदशको सप्तरी जिल्ला गरी चार वटा महिला समूहको सहभागिता हुने जानकारी दिए।
मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङ्ख्यामा हुने भएकाले त्यसलाई ध्यानमा राखी राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पु¥याउन खेलको आयोजना गरिएको हो । उक्त प्रतियोगिता लिगकम नक आउटका आधारमा खेलिनेछ ।
प्रतियोगितामा राष्ट्रियस्तरका महिला क्रिकेट खेलाडीको खेल्नुका साथै आगामी दिनमा यसमा थप जिल्लालाई सहभागिता गराइने आयोजकले जनाएको छ ।

