चितवन । चितवनमा कोरोना संक्रमणममुक्त हुनेको संख्या बढेको छ । हालसम्म जिल्लाभर ३३ हजार ४२ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्टअनुसार आज (शुक्रबार)सम्म जिल्लाभर ९८.५ प्रतिशत कोरोनामुक्त भएका हुन् ।
त्यस्तै यस अवधिसम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४९ पुगेको छ भने हालसम्म जिल्लाभर संक्रमितको संख्या ३३ हजार ५४३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज जिल्लाभर नयाँ संक्रमितको संख्या शुन्य रहेको छ भने, ५२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४९ जना होम आइसोलेसन र ३ जना अस्पतालमा उपचाररत छन् ।

