भरतपुर । चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा एक वेवारिसे शव फेला परेको छ । रामपुर स्थित प्रगती बोर्डिङ स्कुल नजिकै खाली जग्गामा आज (शुक्रबार) एक पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी ५५-६० वर्षीय पुरुषको शव आज दिउँसो सवा ३ बजे फेला परेको हो । शव बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।