काठमाडौं । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ अलौस्थि सीमा ईलाकाबाट बिहिबार सशस्त्र प्रहरी करीब ३ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ना४९प ३१२७ नम्बरको मोटरसाइकलमा नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरीले उक्त मोटरसाइकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाइकल भन्सार कार्यालय बिरगंजमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बिहिबार करीब २ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान र मोटर पार्ट्स सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ शंकरचोकस्थित सीमा ईलाकबाट बरामद गरेको हो । बरामद सामान जलेश्वर भन्सार कार्यालय भिट्टामोडमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।