चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटार अन्तर्गत पर्ने त्रिशुली नदि किनारमा एक पुरुषको शव फेला परेको छ ।
धादिङको सिद्धलेक गाउँपालिका–६ का ३२ बर्षीय राम बहादुर विसुंकेको शव नदि किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य बहादुर थापाले जानकारी दिए ।
मृत्युको कारण नखुलेको थापाले बताए । विसुंकेको शवलाई प्रहरीले बिहान ८ बजे नदि किरारमा वेवारिसे अवस्थामा फेला पारेको थियो । पोस्टमार्टमका लागि शवलाई भरतपुर ल्याइएको छ ।