तुलसीपुर । दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका छन् ।
तुलसीपुर उपमहानगरपालिका-८ अस्वारा स्थित गहतेखोलामा कुलोको विवाद भएपछि स्थानीय एक युवाले गोली चलाएका हुन् । गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का २५ वर्षीय पूर्णबहादुर वली पक्राउ परेका छन् । वलीले चलाएको गोली कसैलाई लागेको छैन । प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ ।
पक्राउ परेका वली उपर थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।