चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन् ।
कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र बाघको आक्रमणबाट खैरहनी १३ का अन्दाजी ३६ वर्षका वीरबहादुर तामाङ घाइते भएका हुन् ।
आज (मंगलबार) दिउँसो करीब १ बजेतिर साथीहरुसँगै घाँस काट्न गएका तामाङलाई बाघले आक्रमण गरेको थियो । उनीसँगै घाँस काट्न गएका अन्य भने सकुशल रहेको चितवन प्रहरीले बताएको छ ।

