पोखरा। गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री दिपक मनाङेले आफू विपक्षी गठवन्धनतिर लागेको र नयाँ सरकार बनाउन जुटेको र बैकल्पिक सरकार बनाउनका लागि लागिपर्ने बताएका छन्।
कामचलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पठाएको राजीनामा पत्रमा उनले जनताको विश्वासको थलो संसदलाई जिवित राख्नु आफ्नो नैतिक उत्तरदायित्व भएको पनि उल्लेख गरेका छन्।
पछिल्ला राजनीतिक घटनाक्रमले सरकार निर्माण हुन नसकी प्रदेशसभा विघटनको स्थितिमा पुग्ने भएकाले आफू मन्त्री पदमा रहिरनुभन्दा प्रदेश सभालाई बचाउनु उपयुक्त ठानेको उनको भनाइ छ।
वैकल्पिक सरकार बनउनका लागि नै प्रदेशसभामा उपस्थित नभएको उनको भनाइ छ।