चितवन । नेपाली कांग्रेस चितवनको यही अधिवेशन फागुन १९ र २० गते नारायणी कला मन्दिरमा हुने भएको छ । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले
जिल्ला अधिवेशन फाल्गुन १९ गते नारायणी कला मन्दिर नारायणगढमा हुने बताए ।
निर्वाचन फागुन २० गते बिहान ९ देखि ५ बजेसम्म हुनेछ । उम्मेदवार मनोनयनदेखि फिर्ताको समय फागुन १९ गते हुनेछ ।


