चितवन। चितवनमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा १४० जनाको पिसिआर र २६ जनाको एन्टीजेन परिक्षण गर्दा थप दुई जनामा संक्रमण पुष्टि भएको हो। यससँगै जिल्लाभर संक्रमितको संख्या ३३ हजार ५३२ पुगेको छ।
त्यस्तै आज जिल्लाभर ६९ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ६६ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना अस्पतालमा उपचाररत छन्।
यता, आज चितवनमा ११ जना संक्रमणमुक्त भएका छन्। यससँगै जिल्लाभर कोरोना जित्नेको संख्या ३३ हजार १४ पुगेको छ।

