चितवन । राप्ती नगरपालिका भण्डारास्थित डढुवामा सवारी साधनको ठक्करबाट पैदल यात्रा गरिरहेका एक युवकको मृत्यु भएको छ ।
चितवन प्रहरीका अनुसार सोमबार राति ९ बजे पुर्वपश्चिम राजमार्गमा सवारी साधनको ठक्करबाट घाइते भएका ३४ वर्षका केदार चौलागाईंका उपचारको लागि भरतपुर अस्पताल ल्याउनेक्रममा मृत्यु भएको हो । मृतकलाई ठक्कर दिने सवारी साधनको हालसम्म पहिचान हुन सकेको छैन । चितवन प्रहरीले सवारी साधनको खोजी भइरहेको जनाएको छ ।
साविक भण्डारा ९ का स्थानीय चौलागाईंको मृत्यु भएसँगै स्थानीयले सोमबार राति ३ घन्टा राजमार्ग अवरुद्ध पारेका थिए ।

