चितवन । हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रिका अवसरमा आज चितवनका शिवालयहरुमा भक्तजनहरुको उल्लेखनीय भिड देखिएको छ । चितवन र नवलपुरआसपासका जिल्लाबाट महाशिवरात्रि अवसरमा मन्दिर दर्शन गर्न आउने भक्तजनहरु गत वर्षको तुलनामा केही बढि देखिएका छन् ।
भरतपुर आसपासका शिवालयहरुमा बिहान चार बजेदेखि ढोका खुला गरिएको उक्त मन्दिरमा पाँच बजेदेखि भक्तजनहरु आएका थिए । गत वर्ष कोभिडका कारण भक्तजनहरु त्यति आएका थिएनन् तर यस पटक भने संक्रमणदर कम भएसँगै भक्तजनको उपस्थिति राम्रो देखिएको हो । शिव भगवानको पूजापाठ गर्नाले मनले चिताएको पूरा हुने विश्वासका कारण पनि मन्दिर जाने भक्तजनहरु बढी हुने गरेको मानिन्छ ।




