चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट निक्लिएको जंगली हात्तीले माडीको सिमरामा एक घर भत्काएको छ।
दाह्रा सहितको हात्तीले हिजो (सोमबार) माडी ३ सिमरा निवासी भोजराज पावेको घर भत्काएको हो । साँझ करीब ८ः३५ बजे बस्तीमा प्रवेश गरेको हात्तीले घर भत्काई त्यहाँ रहेका चामल र खाद्यसामग्री खान थालेसंगै स्थानीयबासीहरुले होहल्ला गर्दै जंगलतिरै धपाएका थिए।

