धादिङ । गजुरी गाउँपालिका-६, जहरे खेतमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पृथ्वीराजमार्ग अन्तर्गत गाउँपालिकाको जहरे खेतमा टिपर र कार एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कार चालक दोलखा मेलुङ गाउँपालिका-१० का प्रकाश अधिकारी छन् भने घाइते हुनेमा कारमा सवार तनहुँको शुक्लागण्डकी नगरपालिका-८ का ४० वर्षीय दिलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।
गजुरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ च २७९ नम्बरको कार र बिपरित दिशाबाट आउँदै गरेको बा ३ ख ७३९३ नम्बरको ट्रिपर एकआपसमा ठक्कर खादा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।रासस