चितवन । भरतपुरको चौबिसकोठीमा भेटिएको शङ्कास्पद वस्तु कपडाको पोका मात्र भएको पुष्टी भएको छ ।
आज (मंगलबार) बिहानै भरतपुरको चौबिसकोठीमा शङ्कास्पद वस्तु भेटिएको भनेर नेपाली सेनाको बम डिस्पोजल टोली पनि त्यसको चेक जाँच गर्न पुगेको थियो । तर, उक्त्त वस्तु कुनै बम वा अन्य हात हतियार नभइ पुरानो कपडाको पोका मात्र भएको पुष्टी भएको छ ।
त्यहाँ कपडाको पोका कस्ले र किन राख्यो अझै खुल्न सकेको छैन ।

