चितवन । परिवार सदस्यको निधनको शोकमा रहेको माडीको एक परिवारले मृतकको १३औं दिनको पुण्य तिथीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
माडी-४, अम्रौली निवासी मुक्ति पाठकको हालै निधन भएकोमा मृतकको स्मृतिमा परिवारले स्थानीय रेडक्रस उपशाखासंग समन्वय गरी रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । बिहीबार सम्पन्न सो रक्तदान कार्यक्रममा ८ महिला र १९ पुरुष गरी २७ जनाले रक्तदान गरेका छन् ।
दिवंगत पाठकका धर्मपत्नी तीर्थ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखा सभापति भगीरथ बस्याल रहनुभएको थियो । कार्यक्रममा वडा ४ का वडाध्यक्ष चन्द्रदीप महतो लगायत अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । दिवंगत पाठकका भाई कृष्ण पाठकले रक्तदान गरी रक्तदान सुरु गर्नु भएको थियो ।स्वदेश एफ एमबाट