दाङ । घोराही उपमहानगरपालिका-४ बारहाङगेस्थित सरेस्वोता पानीको ड्याममा डुबेर ७ वर्षीय बालकको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने जगत पाण्डेका ७ वर्षीय छोरा शिसिर पाण्डेको सरेस्वोता पानीको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी डुबेर बेपता भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त ड्यामको किनारमा उनको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।