चितवन । बोस्टन इन्टरनेशनल कलेजका विद्यार्थीले प्रोजेक्ट होप एण्ड हेप्पिनेस्स सम्वन्धि सेमिनार गर्ने भएका छन् । कलेजमा स्थापना भएको बोस्टन सेन्टर फर रिसर्च एण्ड डिभेलपमेन्ट र बोस्टन सेन्टर फर कर्पोरेट सोसल रिस्पोन्सविलिटिको संयुक्त आयोजनामा अनलाइन मार्फत भोलि (शुक्रवार)अन्तरक्रिया कार्यक्रम हुन लागेको हो ।
बिहान साढे सात बजेदेखि नौ बजेसम्म सञ्चालन हुने कार्यक्रम एक दिनको हुनेछ । सो कार्यक्रम आर्ट अफ लिभिङका अन्तराष्ट्रिय संकाय पवन नेपालले प्रशिक्षण दिनुहुनेछ । यस कार्यक्रम विद्यार्थीलाई मात्र नभई अभिभावक समेत समावेश हुन पाउने बोष्टन सेन्टर फर रिसर्च एण्ड डिभेलपमेन्टकी संयोजक श्रद्धा बिष्टले जानकारी दिनुभयो ।