चितवन । चितवनको वरण्डाभार संरक्षित वन क्षेत्रमा वेवारिसे अवस्थामा गैंडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय ,चितवनका प्रमुख पदमराज नेपालका अनुसार वनका हेरालुहरु गस्ती गर्ने क्रममा उक्त खाग फेला परेको हो ।
‘ हिजो बेलुका नवजागृति सामुदायिक वन र चर्तुमुखी सामुदायिक वनको सिमानाको मडारिएको घांँसे मैदानमा खाग जस्तो देखिने वस्तु शंका लागेर वनका कर्मचारीले खबर गर्नुभयो ।’ नेपालले भन्नुभयो , आज यसलाई सुरक्षित गरेर ल्याएका छौं ।’ खागको प्रकृति हेर्दा चोरी शिकारी गर्ने उद्धेश्य नभई गैडा आपसमा जुधेर झरेको हुनसक्ने उहांँले बताउनु भयो । खागलाई चितवन राष्ट्रिय निकुञ्ज पठाइने उनले जानकारी दिनुभयो ।
वरण्डाभार वनमा गैंडाको खाग वेवारिसे अवस्थामा भेटियो
वरण्डाभार वनमा गैंडाको खाग वेवारिसे अवस्थामा भेटियो
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु