चितवन।चितवनको भरतपुर महानगरपालिका १० स्थित साकुरा रेष्टुरेन्टबाट नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा स्याङजा घर भई भरतपुर १० बस्ने ३६ बर्षिय प्रकाश रानाभाट,रौतहट घर भई भरतपुर ७ बस्ने ३० बर्षिय सुवास महतो,भरतपुर ४ बस्ने ५६ बर्षिय टुङराज लामिछाने, भरतपुर १० बस्ने ४८ बर्षिय सरोज खनाल र भरतपुर १२ बस्ने ४२ बर्षिय राजकुमार श्रेष्ठलाई जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
जुवाडेहरुको साथबाट नगद १ लाख २ हजार ३ सय ७९ रुपैंंया बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

